पाकिस्तानको सेयर सूचकमा भारी गिरावट, एकै दिन ८ सय अकंले घट्यो

पाकिस्तानको सेयर सूचकमा भारी गिरावट, एकै दिन ८ सय अकंले घट्यो
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ५, २०७६

काठमाडौं । पाकिस्तानी सेयर सूचकमा भारी गिरावट आएको छ ।

गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको हो । स्टक कम्पनीज एसोसियसन अफ पाकिस्तान (इक्याप)का अनुसार शुक्रबार सेयर सूचकमा ८०४.५० अकंको गिरावट आएको थियो । यो पछिल्लो १७ वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो । इक्यापका अनुसार शुक्रबार ३३ हजार ९७१.१२ अकंमा खुलेको बजार ३३ हजार १६६.६२ मा बन्द भएको थियो ।

इक्यापले पाकिस्तानी मूल्य अवमूल्यन बढ्दा पछिल्लो दुई दिनमा सेयर बजार प्रभावित भएको जनाएको छ ।

सेयर बजारमा उथल–पुथलपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका वित्तिय मामिला सल्लाहकार डा.हफिज शेखले सेयर बजारका ठूला लगानीकर्तासँग कराँचीमा भेट गरेका छन्। भेटका क्रममा लगानीकर्ताले बजार सन्तुलनका लागि ‘मार्केट सपोर्ट फण्ड’ बनाउन आग्रह गरेका छन्। यस्तै, शेखले पाकिस्तानको स्टेट बैंकका गभर्नर डाक्टर रजा बकिरसँग पनि भेट गरेका छन् । उनले सेयर बजार डाउनफल रोक्न शेखलाई सुझाएका छन् ।