श्रीलंका पुलिसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

श्रीलंका पुलिसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २६, २०७८

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) तेस्रो खेलमा श्रीलंका पुलिसको सामना गर्दै छ । 

अघिल्ला २ खेलमा श्रीलंका नेभीविरुद्ध जीत निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान सन्दीप लामिछानेको टोली लगातार तेस्रो खेलसमेत जित्ने योजनामा छ । 

यसअघि नेपालले पहिलो खेलमा नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जीत निकालेको थियो । 

अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ, जहाँ नेपालले विश्वकप लिग- २ प्रतियोगिता खेल्नेछ ।