'एमसीसी अनुदान रकमले देश विकास र रोजगारी बढाउँछ'

'एमसीसी अनुदान रकमले देश विकास र रोजगारी बढाउँछ'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताअनुसार आउने अनुदानबापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । 

पर्साको वीरगंजमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानबापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् । 

‘एमसीसीबाट आउने रकम ऋण होइन, अनुुदान हो’, प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगारी बढाउँछ ।’

उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।