बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन २७, २०७८

सिड्नी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । 

स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ । 

बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।