भारतमा ७ औं तथा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि आज मतदान हुँदै

भारतमा ७ औं तथा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि आज मतदान हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं, एजेन्सी । भारतमा लोकसभा निर्वाचनको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । ८ राज्यमा ५९ सीटका लागि भएको निर्वाचनमा बिहान ११ बजेसम्ममा १३ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी लगायत शत्रुघ्न सिन्हा, केंद्रीय मंत्री रविशंकर प्रसाद, अनुराग ठाकुर, भोजपुरी अभिनेता रविकिशन, सनी देओल, सुखबीर बादल, हरसिमरत कौर, शिबू सोरेन, पवन कुमार बंसले जस्ता चर्चित व्यक्तित्वहरु आजको चुनावी मैदानमा उम्मेद्वार रहेका छन् । 

बिहारको ८, झारखंडको ३, मध्यप्रदेशको ८, उत्तरप्रदेशको १३, पश्चिम बंगालको ९, हिमांचलको ४, पंजाबको १३ तथा चंडीगढको १ सिटमा आज मतदान भइरहेको छ । 
भाजपा नेता मनोहर पर्रिकरको निधन पश्चात रिक्त रहेको गोवाको पणजी तथा तमिलनाडुको रिक्त ४ स्थानमा पनि आज उपचुनाव हुँदैछ । 

हिमाचल प्रदेश का मुख्यमंत्री प्रेम कुमार धूमल तथा उनका छोरा अनुराग ठाकुरले हमीरपुर क्षेत्रबाट मतदान गरेका छन् । क्रिकेटर हरभजन सिंहले जालंधर को गरही गांव बाट मतदान गरेका छन् । तथा बिहारकाउप मुख्यमंत्री सुशील मोदीले पटनाबाट बिहार का मुख्यमंत्री नीतीश कुमारले पटनाबाट, मुख्यमंत्री योगी आदित्यनाथले  गोरखपुरबाट मतदान गरेका छन् । 

आज मतदान भैरहेको ५९ सीटमा २०१४ को लोकसभामा एनडीएले ४०,  तृणमूल कांग्रेसले ९, आपले ४, कांग्रेसले ३ , झामुमोले २ तथा जदयूले १ सीटमा विजय हासिल गरेका थिए । 

यस चरणका चर्चित व्यक्तित्व नरेन्द्र मोदी २०१४ को उनको चुनाव क्षेत्र वनारसबाट नै चुनाव लड्दैछन । उनको प्रतिस्पद्र्धिमा महागठबंधनका उम्मेदवार शालिनी यादव तथा कांग्रेसको पछिल्लो पटकको चुनावमा समेत उम्मेद्वार बनेका अजय राय छन् । 

त्यस्तै भाजपाका पूर्व नेता तथा अभिनेता सांसद शत्रुघ्न सिन्हा पटना साहिब चुनाव क्षेत्रबाट कांग्रेसको तर्फबाट चुनाव लड्दै छन् । उनी यस निर्वाचन क्षेत्रबाट २ पटक सांसद भइसकेका छन् । भाजपाले यसपटक उनको विरुद्धमा  केन्द्रीय मंत्री रविशंकर प्रसादलाई टिकट दिएको छ । 

भाजपाका अर्का सांसद अनुराग ठाकुर हिमांचल को हमीरपुर चुनाव क्षेत्रबाट चुनाव लड्दै छन् । उनी २००८ देखि  लगातार यस क्षेत्रका  सांसद रहेका छन् । हमीरपुरलाई भाजपाको गढको रुपमा चिनिन्छ । सन् १९९८ देखि लगातार यहां भाजपाले विजय हासिल गर्दै आएको छ ।   

यस पटक भाजपाका नेताका रुपमा अभिनेता सनी देओल पहिलो पटक गुरदासपुरबाट चुनाव लड्दै छन् । कांग्रेसले यो क्षेत्रबाट सांसद सुनील जाखडलाई टिकट दिएको छ । गुरदासपुरबाट अभिनेता विनोद खन्ना ४ पटक भाजपाका  सांसदका रुपमा रहे । उनको निधन पश्चात जाखडले कांग्रेसका तर्फबाट उपचुनावमा विजय हासिल गरेका थिए । 

पंजाबका पूर्व मुख्यमंत्री प्रकाश सिंह बादलका छोरा सुखबीर बादल फिरोजपुर लोकसभा क्षेत्रबाट चुनाव लड्दै छन । उनी तीन पटक  फरीदकोटबाट पनि सांसद भइसकेका छन् । कांग्रेसले फिरोजपुरका वर्तमान सांसद शेर सिंह घुबायालाई नै टिकट दिएको छ । घुबाया पहिले अकाली दलका तर्फबाट सांसद थिए तर मार्च २०१९मा उनी  अकाली दल छोडेर कांग्रेसमा शामेल भएका हुन् ।  

सुखबीर सिंह बादल की पत्नी तथा  केंद्रीय मंत्री हरसिमरत बादल बठिंडाबाट चुनावी मैदानमा रहेकी छन् । उनी यहांबाट लगातार दुई पटक   सांसद रहिसकेकी छन् । कांग्रेसले यस क्षेत्रबाट  विधायक अमरिंदर सिंह राजा वडिंगलाई टिकट दिएको छ । वडिंग गिद्दड़बाहाबाट लगातार दोस्रो पटक विधायक बनेका थिए ।  

शिबू सोरेन  दुमकाबाट चुनाव लड्दै छन् । १९८० देखि २०१४ सम्म दुमका ८ पटक सांसद भइसकेका छन् । तर २०१४ र २०१९मा भने उनी पराजित भए ।  भाजपाका शिबूको विरुद्ध  सुनीललाई तेस्रो पटक पनि  टिकट दिइएको छ । 

अहिलेसम्म भएको ६ चरणको निर्वाचनमा औसतमा ६६.८८ प्रतिशत मतदान भएको छ । आउनुस हेरौं कुन चरणमा कति मतदान भए । 

चरण             सीट      मतदान प्रतिशत
पहिलो चरण     ९१      ६९.५
दोस्रो  चरण      ९५      ६९.४४         
तेस्रो   चरण      ११७     ६८.४ 
चौथो चरण       ७१      ६५.५१
पांचौं  चरण       ५१     ६४
छैठौं चरण        ५९     ६३.४३