नेपाल कृषि मजदुर संगठन: केन्द्रीय सदस्यमा श्रेष्ठ, मैनाली र दाहाल मनोनीत

नेपाल कृषि मजदुर संगठन: केन्द्रीय सदस्यमा श्रेष्ठ, मैनाली र दाहाल मनोनीत

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २८, २०७८

काठमाडौँ ।  नेपाल कृषि मजदुर संगठनको केन्द्रीय कमिटीको बैठक अध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षतामा बसी संगठनको आगामी रणनीति , संगठित सदस्यता बिस्तार, संगठनको समीक्षा र केन्द्रीय कमिटीमा बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल भएको जनाइएको छ । 

प्रमुख अतिथि एकीकृत ट्रेड युनियन महासंघ नेपालका उपमहासचिव त्रिविक्रम ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो पूर्ण बैठक फागुन २६ गते संगठनको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न  भएको जनाइएको छ ।   केन्द्रीय सदस्यहरू पदम विश्वकर्मा,भीम सार्की र सखर न्यौपाने लगायतका बैठकमा उपस्थिति रहेको थियो । 

 महासचिव सरिता सुब्बाले सञ्चालन गर्नु भएको बैठकमा संगठनको आगामी रणनीति ,संगठित सदस्यता बिस्तार ,संगठनको समीक्षा र केन्द्रीय कमिटीमा बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल गरी निर्णय गरियो । बैठकले मनोनीत गरेका केन्द्रीय सदस्यमा रस्मिता श्रेष्ठ सिन्धुपाल्चोक ,विक्रम मैनाली मोरङ, अर्जुन दाहाल मकवानपुरबाट मनोनीत गरिएको छ ।