पैंतीस लाखको कचौरा

पैंतीस लाखको कचौरा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

अहिले पनि हामीले सुन्ने गरेका छौं, यदि त्यो ५०००० रुपैयाँको मैले टिभि नकिनेर जग्गा किनेको भए त्यो करोडको हुन्थ्यो । तर, टिभि कसैलाई सित्तैंमा लैजा भन्दा पनि लग्दैन् । 

नेपालमा आम झैं लाग्ने यो वातचित भन्दा केही फरक दृष्य चीनमा देखिएको छ । ३९ वर्ष अघि चीनको एक पसलबाट रु ३६५ मा खरिद गरिएको एउटा कचौराको मूल्य अहिले ३५ लाख पुगेको छ । 

काठमाडौं, एजेन्सी । ३९ वर्ष अघि चीन भ्रमणका क्रममा एकजना ब्रिटिश नागरिकले एक कचौरा खरिद गरेका थिए । उनले पनि सोचेका थिएनन होला कि ३६५ रुपैयाँमा खरिद गरेको उक्त कचौराको मूल्य ३५ लाख रुपैयाँ पुग्छ । 

चीनको पूरातन सामान बेच्ने पसलबाट खरिद गरिएको उक्त कचौरा सेतो रंगको छ । यसको चौडाई ४ इन्चको रहेको छ । 

उक्त कचौरा १७२३–३५ को राजा योंगजेंगको कार्यकालको हो । कचौराको माथिल्लो भागमा राजा योंगजेंगको नाम लेखिएको छ । 

स्वर्डस फाइन आर्ट ऑक्सनियर्स को ग्यालरीमा भएको लिलामीमा उक्त कचौराको न्युनतम मूल्य ८००० डलर राखिएको थियो । तर लिलामीका समयमा भने यसले नसोचेको मूल्य प्राप्त गर्यो । झण्डै ४०,००० डलरमा यसको बिक्री भएको थियो । 

लिलामीका समयमा यो कचौरा निकै आकर्षणको केन्द्र बनेको थियो । यो कचौरा हेर्नका निमित्त मानिसहरुको निकै लामो लाम देखिएको थियो । 

यसमा प्रयोग भएको कच्चा पदार्थ निकै उच्चकोटिको रहेको र यो अहिले हेर्दा पनि निकै आकर्षक देखिने गरेको छ ।