सुनको मूल्य १ लाख २ हजार ६०० रुपैयाँ

सुनको मूल्य १ लाख २  हजार ६०० रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २७, २०७८

नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६०० रुपैयाँले बढेकाे छ । 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा १ लाख २ हजार ६०० रुपैयाँले काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको १ लाख २ हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४१५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।