बंगलादेशको आकाशमा प्लेन बिग्रेपछिको त्रास र फोर्स ल्यान्डिङको आस

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  फाल्गुन २७, २०७८

१ मंसिर २०५८ भाइटीकाको दिन, म बंगलादेशको राजधानी ढाका एयरपोर्टमा पर्खिरहेको थिएँ । दिउँसो १.३० बजेको फ्लाइट भएकाले ‘काठमाडौं पुगेर टीका लगाउन भ्याइन्छ’ भन्ने सोचिरहेका बेला डेड घण्टा ‘डिले’ भएको सूचना आउँदा दिक्क लागिरहेको थियो ।

विमान एयरलाइन्सले अर्को बोर्डिङ पास दिएर एयरपोर्टकै बलाका रेस्टुरेन्ट एण्ड बारमा पठायो । त्यहाँ दाल, भात, मासु, कोक र ‘डेजर्ट’सहित पेट पूजा गरेपछि अलिक राहत मिलेको महसुस भयो ।  

त्यसपछि क्रमश: ३:३०, ४:३०, ५:००, ५:३० बजे विलम्बको सूचना दिएर पुन: ६:०० बजे छैटौँ पटक ‘डिले’ भएको सूचना जारी भएपछि दिक्दारीले पराकाष्ठा नाघ्यो । पट्यारलाग्दो पर्खाइको पीडा त छँदै थियो, भाइटीका मनाउन नपाइने सम्भावना बढेकाले झन् बढी दिक्दारी थप्यो । त्यसभन्दा पनि बढी तनाव त ढिलाइको खबर घरसम्म पुर्‍याउन नपाएको अवस्थाले दियो ।  

२० वर्ष अगाडि अहिले जस्तो इन्टरनेट, वाईफाई तथा सामाजिक सञ्जालको सुविधा थिएन । बंगलादेशमा बिहीबार आधा दिन र शुक्रबार पूरै दिन बिदा हुनेरहेछ । बैंक बन्द भएकाले ढाकामा ट्राभलर्स चेक साट्न पाइएको थिएन । आफूसँग भएको नगद डलर तथा बंगलादेशी मुद्रा टाकाचाहिँ बिहान फोन गरेर तथा एयरपोर्टमा ड्युटी फ्री सपमा किनमेल गरेर सकिएको थियो । यसरी विलम्ब होला र थप फोन गर्नुपर्ला भन्ने कुरा सोचिएन । एयरपोर्टमै चेक साट्न पनि तालमेल मिलेन ।  

एक जना ३ वर्षका जस्तै देखिने बच्चा डोहोर्‍याइरहेका विदेशीले काउन्टरमा गई झगडा गरे । एउटा स्टाफले उनलाई लिएर म्यानेजरकहाँ गए । म पनि उनीसँगै गएँ । म्यानेजरले पनि स्पष्टसँग ढिलाइको कारण बताउन सकेनन् वा चाहेनन् । उनीहरूको कुराकानीबाट प्लेनमा केही प्राविधिक खराबी हुन सक्ने कुरो बुझिएको थियो ।

विमान एयलाइन्सवालाहरू साह्रै झुर रहेछन् । अत्यन्तै निरसिला, विरसिला तथा टिम्केका स्टाफ । अबदेखि यो विमान एयरलाइन्सबाट कहिल्यै यात्रा नगर्नु जस्तो लाग्यो मलाई ।  

विलम्बको सूचनाले तारन्तार डामेर पीडाबोध गरिरहेको यात्रु म । प्लेनमा पस्न पाएपछि उमंगले गमक्क परेँ । साँझ ठ्याक्कै ६:२७ बजे प्लेनले बंगलादेशको राजधानी ढाकाको भुइँ छाडेपछि मेरो मनको सारंगीमा मीठो धून बजेजस्तो अनुभूति भयो । ५ मिनेटमै हवाईजहाजले ढाकाको आकाशमा एक फन्को मार्‍यो र आफ्नो मूलबाटो समातेको जानकारी दियो ।    

छोटो फ्लाइट हुनाले परिचारिकाहरूले हतारहतार ‘स्न्याक्स’ तथा चिया वितरण गरे । चियाको चुस्कीसँगै ‘स्न्याक्स’ खाँदै ‘राती ९ बजे त घर पुग्न सकिने भइयो’ भन्ने कुरा मनमा खेलाउँदा मज्जा आएको थियो ।   

उडेको १९ मिनेटपछि क्याप्टेनले भने, ‘प्लेनमा प्राविधिक समस्या आएका कारण हामी ढाकामै अवतरण गर्दै छौँ । तथापि, समस्या त्यति गम्भीर त छैन । असुविधाका लागि क्षमाप्रार्थी छु ।’ मेरो सिट नजिकै झन्डै ५० जनाजति विदेशी बालबालिकाहरू तथा उनीहरूका शिक्षकहरू थिए ।

उनीहरू ‘ओ, माई गड’ भन्दै रुन कराउन थाले । ढाकातिरै फेरो मार्ने क्रममा एक्कासि प्लेन अलिक तल झर्‍यो र प्रलय नै हल्लायो । मेरो चिया पोखिएर डायरी नै भिजाइदियो । बालबालिकाहरू मात्र होइन, युवा तथा प्रौढहरू पनि रुन थाले ।  

६:५४ बजे पाइलटले फेरि ‘अब हामी २ मिनेटमा ढाका एयरपोर्टमा ल्याण्ड गर्दै छौँ’ भनेर सूचना दिए । यसले अलिक आशा जगायो । तथापि, ४ मिनेटपछि फेरि अस्वाभाविक हिसाबले प्लेन तल खस्यो र झ्याप्पै बत्ती निभ्यो ।

प्लेनमा अन्धकार छायो । केटाकेटीहरू झन् कंकला शब्दमा रुन थाले । पाकाहरू पनि आवाज धेरै ननिकाली सुँक्कसुँक्क गर्न थाले ।  

एकछिनअघिसम्म ‘म चढेको प्लेन पक्कै दुर्घटना हुँदैन’ भन्ने सोचिरहेको थिएँ । ‘२ मिनेटमा ल्याण्ड गर्छ’ भनेर ८ मिनेटमा पनि अवतरण गर्ने छाँटकाँट नदेख्दा मेरो मन पनि आतंकित हुन पुग्यो ।  

भर्खरैका प्लेन दुर्घटनाहरूको स्मरण हुन थाले । ३ दिन अघि मात्र (१२ नोभेम्बर २००१)न्युयोर्कको जोन एफ केनेडी एयरपोर्टबाट अमेरिकन एयरलाइन्सको एयरबस उड्नेबित्तिकै न्युयोर्क सिटीको बेल हार्बर क्विन्समा दुर्घटनाग्रस्त भएको थियो । त्यसले २५१ जना यात्रुहरू, ९ जना चालक दलका सदस्यहरू र ५ जना जमिनमा भएकाहरू समेत २६५ जनाको ज्यान लिएको थियो ।  

सुरुमा आतंककारीहरूको हमला हुन सक्ने शंका गरियो किनकि ६१ दिनअघि मात्र न्युयोर्कको ट्विन टावरमा हवाई हमला भएको थियो । तर, पछि पाइलटको कमजोरी र हावाको प्रतिकूल अवस्थाका कारण दुर्घटना भएको तथ्य बाहिर जानकारीमा ल्याइएको थियो ।  

नेपालमा पनि केही हप्ताअघि मात्र अधिराजकुमारी प्रेक्षा शाहसहित अन्य ३ जनाको रारातालमा रहस्यमय ढंगले हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो ।  

मेरो एक मनले भन्यो, ‘ल्याण्ड गर्न सकेन भने त जिन्दगी झिरिप हुने भयो ।’ आफ्नो साथ र सहयोगबिना जीवन संगिनी र २ छोरीहरूको भविष्य सम्झिँदा कहाली लाग्यो । आमा, बुबा, भाइ, बहिनीहरू, आफन्त तथा साथीहरूमा पर्ने चोटको कल्पनाले औडाहा भयो ।

अर्को मनले भन्यो, ‘हैट, यस्तो पनि सोच्ने हो ? केही हुँदैन । ‘फोर्स ल्यान्डिङ’ गरिहाल्छ नि !’

झ्यालबाट तल हेरेँ । नजिकबाट ढाका शहर देखियो । निकै तल आइसकेको अनुमान गरेँ । मेरो दोस्रो मनले सोचेको कुरा पूरा होला भन्ने आशाको पल्ला भारी हुँदै गयो ।  

७:०५ बजे प्लेनको पछिल्लो पांग्राले ढाकाको जमिन चुमेपछि ‘थ्यांक गड’ भन्दै विदेशी बालबालिकाहरूले ताली पिटे । तालीको गड्गडाहटले हवाईजहाजको आवाज पनि नसुन्ने बनाइदियो । रुन्चे मुख लगाएका सबै यात्रुको अनुहारमा मुस्कान देखापर्‍यो । ‘बल्ल बाँचियो’ भन्ने भाव झल्किरहेको थियो सबैको मुखाकृतिमा ।  

सबै जना आआफ्नो झोला झिक्न तम्सिए तर स्टिवार्डले पुन: बस्न आग्रह गरे । जहाजको मुनि डाङडाङ डुङडुङ गरेको आवाज आइरहेको थियो । नौबिसेमा बसको पांग्रा फेर्न लागिरहेको जस्तो पो भान परिरहेको थियो ।  

मैले एउटा टेबलमा कुइनो राख्दै आसन जमाएँ । अर्कोपट्टि थिए बालबालिकाहरू । एकले अर्कालाई चकलेटको पोका झिकेर दिँदै अंकमाल गरेर आँखाबाट आँसु झारिरहेका थिए । अर्कोतिर केटाकेटीहरू रमाउँदै काँटा र चम्चाले प्लेट तथा टेबलमा ठटाउँदै संगीतको धून निकालेर हल्ला गरिरहेका थिए ।  

डिनरका लागि हामीलाई फेरि पहिलेकै रेस्टुरेन्टमा जान आग्रह गरियो । बाटोमा एक जना नेपाली यात्रुसँग भेट भयो । उहाँ हुनुहुन्थ्यो- त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विषयका सेवा निवृत्त प्राध्यापक डा. भूचन्द्र वैद्य । प्राविधिक समस्याबारे उहाँले भन्नुभयो, ‘प्लेन २७ हजार फिटभन्दा माथि चढ्न सकेन अरे !’

प्रा. डा. वैद्यले पनि मैले जस्तै आफ्नो घरमा ढिलाइ भएको सूचना दिन पाउनुभएको रहेनछ । उहाँको हविगत पनि मेरो जस्तै भएपछि बल्ल अलिकति राहत मिल्यो ।  

मेरो टेबलमा एउटा प्लेट आइपुग्यो । त्यसमा एउटा सपेटा चिकेन, अलिकति फिंगर चिप्स, केही तरकारी र कोक रहेछन् । विमान एयरलाइन्सले व्यवस्था गरेको डिनर थियो त्यो । कपाकप खाइयो ढिलासुस्ती नगरी । भाइटीकाको दिन भएकाले फिंगर चिप्स टोक्दा पनि सेल रोटी पो टोकीरहेको छु कि जस्तो लाग्यो मलाई ।

डिनरपश्चात् पेट त शान्त भयो तर टेलिफोन गर्न नपाएकाले मनचाहिँ अशान्त नै रह्यो । हाम्रो फ्लाइट कतिबेरमा हुन्छ भन्ने टुंगो नभएकाले ट्राभलर्स चेक साट्नका लागि अन्तिम जमर्कोलाई अघि बढाएँ । ‘ट्रान्जिट प्यासेन्जर भएकाले बैंकमा जान नमिल्ने’ कुरा बताए प्रहरीले ।

उनले ‘ड्युटी फ्री सपमा केही किन्नुहोस् अनि पसलेले नै पैसा साट्ने प्रबन्ध मिलाउनेछ’ भने तर मलाई त्यो कुरामा विश्वास लागेन ।

‘थुप्रै मुलुक घुमेकाले यस्तो अवस्थामा एयरलाइन्सका कर्मचारीले नै सँगै लिएर जाँदा समस्या नहुने’ भन्दै एक जना स्टाफलाई आफूसँगै हिँड्न अनुरोध गरेँ । मेरो अनुरोधलाई स्वीकार गरियो ।  एक जनालाई लिएर म एक्सचेन्ज काउन्टरमा गएँ । लहरै ३ वटा काउन्टर थिए । पहिलोले दोस्रो काउन्टरलाई देखायो भने दोस्रोले तेस्रोलाई । कस्तो अचम्म !

तेस्रो काउन्टरमा १०० डलरको ट्राभलर्स चेक साट्न ठिक्क पारेँ । ‘यहाँ त १७५ टाका चार्ज लिइन्छ । तपाईंलाई घाटा हुन्छ । बाहिर बैंकमा साट्नुहोस्’ भन्ने जबाफ पो दिए काउन्टरमा बस्नेले । मैले ‘प्लेन बिग्रिएर फर्केको, ट्रान्जिटमा रहेको, फेरि उड्ने ठेगान नभएको तथा घरमा टेलिफोन गरेर जानकारी दिन नपाएकाले साट्न जरुरी भएको’ भन्दै विनम्र अनुरोध गरेपछि उनले भने, ‘ल, ल चेकमा साइन गर्नुहोस् ।’

मक्ख पर्दै चेकमा सही गरी मिति पनि लेखेर दिएँ उनलाई । रूखो स्वरमा उनले भने, ‘हामीले डलरमा दिनै सक्दैनौँ । यसको ५ हजार ४६५ टाका मात्र पाउनुहुन्छ ।’

यो भनाइले मलाई हिस्स पारिदियो । फोन गर्नका लागि मात्र यति धेरै टाका साटेर काठमाडौंमा डलर साट्न अर्को झन्झट तथा घाटा पनि हुने ठानी म त्यतिकै फर्किएँ ।

टेलिफोन गरेर ढिलाइको कारण बताउने मेरो प्रयास असफल रह्यो । तथापि, यसबाट मलाई ठूलो सिकाइ भएको छ- अब अर्को पटक विदेश भ्रमण गर्दा कम्तीमा ५० प्रतिशत नगद बोक्ने, गएको मुलुकमा बिदाको दिन कहिले पर्छ, सुरुमै जानकारी लिने तथा ट्राभलर्स चेक समयमै साट्न सचेत रहने ।  

रातको ९ बजे गेट नम्बर ६ को यात्रु प्रतीक्षालयमा विदेशी बालबालिकाहरू रमाउँदै खेलिरहेका थिए । एउटा केटो भुइँमा उत्तानो परेर सुतेका थिए, भलिबल नेटको रूपमा । २ पट्टि २ जना केटाहरू खेलाडीका रूपमा उभिएका थिए भने एउटा केटो रेफ्रीको रूपमा छेउमा उभिएका थिए ।

रेफ्रीले संकेत गरेपछि एउटा केटोले बेलुनलाई बलको रूपमा सर्भिस गरे । अर्को केटाले फर्काए । नेट, रेफ्री र खेलाडी परिवर्तन भइरहन्थे । आहा ! कस्तो राम्रो सिर्जनशीलता बालबालिकाहरूको !

अर्कोतिर केही केटीहरू गोलाकार रूपमा भुइँमै बसेका थिए । केहीले आफ्नो डायरीमा लेखिरहेका थिए । आठौँ पटक प्लेन ‘डिले’ भएको सूचना सुनिसकेर सिर्जना भएको दिक्दारीमा पनि उधुमै उत्साहित थिए उनीहरू ।  

बालबालिकाहरूका बारेमा मलाई अत्यन्तै कौतूहल जागेर आयो । किनकि कोही अमेरिकी जस्ता, कोही युरोपेली जस्ता त कोही जापानी एवं भारतीय जस्ता देखिन्थे । बंगलादेशी जस्ता पनि थिए कोही । उनीहरू अंग्रेजीमा साह्रै मिठोसँग कुराकानी गर्थे ।   

आफ्नो जिज्ञासा मेटाउन मैले बालबालिकाहरूको रेखदेख गरिरहेका एक जना भलाद्मीलाई सोधेँ । जबाफमा उनले भने, ‘ढाकास्थित अमेरिकन इन्टरनेसनल स्कुलका कक्षा ६ र १० का विद्यार्थीहरू हुन् यिनीहरू । मचाहिँ गणित शिक्षक । हामी शैक्षिक भ्रमणका लागि काठमाडौं र चितवन राष्ट्रिय निकुन्ज जाँदै छौँ ।’

विभिन्न मुलुकबाट बंगलादेशमा आएर काम गर्ने विदेशीहरू तथा धनाढ्य बंगलादेशीहरूका छोराछोरीहरू उक्त स्कुलमा पढ्ने रहेछन् । विद्यालयले हरेक वर्ष विधार्थीलाई अध्ययन भ्रमणमा अर्को देशमा लैजाने रहेछ ।

यस प्रसंगले आफ्नो स्कुले जीवनको अध्ययन भ्रमणबारे स्मरण गराइदियो । अमेरिकाबाट बंगलादेश गएर पढेका विद्यार्थीहरू चितवन राष्ट्रिय निकुन्जको भ्रमण गर्दै रहेछन् । तर, मैलेचाहिँ चितवनकै छिमेकी जिल्ला धादिङमा जन्मेर गजुरीमा अध्ययन गर्दा पनि चितवन राष्ट्रिय निकुन्जको भ्रमण गर्न नपाएको रहेछु ।

त्यसैगरी विद्यालयमा ४०० पूर्णाङ्कको व्यावसायिक कृषि पढ्दा पनि चितवनको रामपुर कृषि केन्द्रको अध्ययन भ्रमण गर्नबाट बन्चित भएको रहेछु भन्ने तीतो सत्यले मलाई नराम्रोसँग अठ्यायो ।     

यद्यपि, २०३४ सालमा कक्षा ९ मा अध्ययन गरिरहेको समयमा धुनिबेँसी बागबानी फार्म, कीर्तिपुर बागबानी फार्म, खुमलटार कृषि केन्द्र र बालाजु औद्योगिक क्षेत्रको अध्ययन भ्रमण गर्ने अवसर पाएको स्मरण गर्दा भने रमाइलो लाग्यो ।

रन्जना सिनेमा हल नजिकैको एउटा लजमा बसेर इन्द्रचोकको विकास भोजनालय तथा रवीन्द्र भोजनालयमा खाना खाएको सम्झना ताजै भएको महसुस भयो । नाम बिर्सेको त्यो लज नै जीवनको पहिलो लज वा होटल थियो म पुगेको ।    

भ्रमणको नेतृत्व गरिरहनुभएका आदरणीय व्यावसायिक कृषिका गुरु विष्णुपुकार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको मूलद्वारमा उभिएर भन्नुभएको थियो, ‘राम्रोसँग पढेर तिमीहरू डिग्री पढ्न यहाँ आउनुपर्छ ।’ त्यतिबेला डिग्री पढ्ने कुराको त कल्पनासम्म पनि थिएन । तथापि, सरको त्यो हौसलाप्रति म सदा सर्वदा ज्यादै नै आभारी छु ।  

आठौँ पटक डिले भएपछि बल्ल फेरि प्लेनमा पस्न पाइयो । पहिलेको भन्दा धेरै सिट भएको जहाज रहेछ । मेरो सिट ‘२७ जे’ पनि बढी आरामदायी जस्तो लाग्यो । नयाँ प्लेन भएकाले डर अलिक कम हुँदै गयो । चालक दलचाहिँ पुरानै रहेछ । ‘एक घण्टा ५ मिनेटमा काठमाडौँ पुगिने’ सूचना दिएपछि १०:०३ बजे प्लेन उड्यो ।  

फेरि अर्को पटक त पक्कै विमान बिग्रँदैन भन्ने लाग्दालाग्दै पनि मन त्रासमुक्तचाहिँ हुन सकेको थिएन । त्यसैले निदाउने कुरै भएन । मेरो मानस पटलमा बैठकमा सहभागी हुँदाका तथा फिल्डमा जाँदाका कुराहरू आइरहे ।

खासमा यो मेरो दोस्रो पटकको बंगलादेश भ्रमण थियो । बाल केन्द्रित सामुदायिक विकास अवधारणासम्बन्धी कार्यशाला गोष्ठी र प्लान इन्टरनेसनल एसिया क्षेत्रीय कार्यक्रम गुणस्तर संजाल बैठकमा नेपालबाट रामराज्य जोशी र मैले भाग लिएका थियौँ ।

२ वर्षअघि ढाकाकै होटल डी-क्यासलमा बसेको थिएँ भने यस पटकचाहिँ मोहखाली रोडमा अवस्थित ब्राक सेन्टर इनमा । अघिल्लो पटक त्यही २० तले भवनको १७औँ तलामा ब्राकका कर्मचारीहरूसँगको बैठकमा सहभागी भएको थिएँ म । त्यस्तो गगनचुम्बी भवन त ब्राकको आफ्नै पो रहेछ ! एउटा एनजीओको पनि सम्मेलन कक्ष, साना हलहरू, होटेल, रेस्टुरेन्ट तथा कार्यालयसहितको त्यति ठूलो भवन देखेर अचम्म लागेको थियो मलाई ।

ब्राक कर्मचारीको संख्याको हिसाबले संसारकै सबैभन्दा ठूलो गैरसरकारी संस्था रहेछ भनेर मलाई पछि मात्र थाहा भएको थियो । यसमा कार्यरत ९० हजारभन्दा बढी कर्मचारीहरूमध्ये महिलाको संख्या ७० प्रतिशत रहेछ । ब्राकले २२ हजारभन्दा बढी अनौपचारिक प्राथमिक स्कुलहरू तथा ब्राक विश्वविद्यालय पनि संचालन गरेको रहेछ ।  

कुनै पनि विदेशी मुलुकमा तालिम, सेमिनार, कार्यशाला तथा बैठकमा भाग लिन जाँदा फिल्ड भिजिटमा जान मलाई उल्कै मनपर्छ । यस पटक पनि त्यस्तो अवसरबाट बन्चित हुनुपरेन । ५ समूहमा बाँडिएर हामी लक्ष्मीपुर गाउँमा गएका थियौँ । अल्पसंख्यक हिन्दुहरूको बासस्थान भएको गाउँ रहेछ त्यो । हाम्रो समूहमा पाकिस्तानकी डा. पूर्णिमा दत्त, भियतनामका दुवत, भारतकी आरती, एसिया क्षेत्रीय अफिसका कोरिन र मसमेत गरेर ५ जना थियौँ ।

प्लान इन्टरनेसनल बंगलादेशले प्रारम्भिक बाल विकास र विद्यालय सुधार योजनाको कार्यक्रममा बाल केन्द्रित सामुदायिक विकास अवधारणालाई राम्रोसँग अबलम्बन गरेको रहेछ ।
 
फिल्डबाट फर्केपछि बंगलादेशबाट प्राप्त सिकाइलाई समेट्दै नेपालका तर्फबाट बाल केन्द्रित सामुदायिक विकाससम्बन्धी कार्ययोजना बनाएर प्लेनरीमा प्रस्तुतीकरण गर्न पाउँदा बेजोडको पेसागत सन्तुष्टि मिलेको थियो मलाई ।  

कार्यक्रममा बंगलादेश, नेपाल, भारत, चीन, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, इस्टिमोर, थाइल्याण्ड, फिलिपिन्स, भियतनाम, क्याम्बोडियाका र एसिया क्षेत्रीय कार्यालयका ३३ जना सहभागीहरू थिए । हरेक देशको कार्ययोजना प्रस्तुत गर्दा सहजकर्ता फिलिपिन्सकी लोर्ना लबाएन, क्षेत्रीय निर्देशक माइकल डाइमण्ड, सिकाइ सल्लाहकार डा. होवा फुवान ट्रान, स्वास्थ्य सल्लाहकार स्याण्डी फोर्टुना, प्याट्रिसिया र कोरिनले प्रश्न सोध्नुका साथै केही सुझावसमेत दिएका थिए । समग्रमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको थियो ।

‘अब हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छौँ’ भन्ने सूचनाले विगतको स्मृतिमा रुमल्लिएको मेरो मनलाई वर्तमानमा फर्काइदियो । निदाएकाहरू पनि आँखा मिच्दै जागा भए । आफ्नै गतिमा उडिरहेको हवाईजहाज अलिक तलतल ओर्लिंदै थियो । राति ११:०५ बजे विमानले सुरक्षित रूपमा अवतरण गरेपछि हर्षको सीमा रहेन ।

बंगलादेशको आकाशमा प्लेन बिग्रेपछिको त्रास : फोर्स ल्यान्डिङको आस
 डा. सदानन्द कडेल
१ मंसिर २०५८ भाइटीकाको दिन, म बंगलादेशको राजधानी ढाका एयरपोर्टमा पर्खिरहेको थिएँ । दिउँसो १.३० बजेको फ्लाइट भएकाले ‘काठमाडांै पुगेर टीका लगाउन भ्याइन्छ’ भन्ने सोचिरहेका बेला डेड घण्टा ‘डिले’ भएको सूचना आउँदा दिक्क लागिरहेको थियो ।