पाँचथरमा आँखा शिविर: ५ दिनमा २ सय १८ जनाको शल्यक्रिया

पाँचथरमा आँखा शिविर: ५ दिनमा २ सय १८ जनाको शल्यक्रिया

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २९, २०७८

पाँचथर ।  पाँचथरको सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा मोतिया बिन्दुको समस्या भएका २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ ।ह शल्यक्रिया पछि उनीहरुले आँखा देख्ने भएका छन् ।

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले आयोजना गरेको शिविरमा अन्य एक हजार ४ सय ५७ जनाको आँखा परीक्षणसँगै औषधी र चश्मा वितरण गरिएको हो । फागुन २४ देखि २८ गतेसम्म चलेको शिविरमा मेची आँखा अस्पताल बिर्तामोडका चिकित्सकहरुले  आँखाको परिक्षण र शल्यक्रिया गरेका थिए । पाँच दिनसम्म सञ्चालन भएको शिविरमा फिदिम स्थित रणसेर गणका सैनिक जवानसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले व्यवस्थापकीय सहयोग गरेका थिए । जनसेवा समाजले यसअघि कुम्मायक गाउँ पालिका केन्द्र यासोकमा पनि आँखा शिविर सञ्चालन गरेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

शिविरमा आएका अधिकांश बिरामीमा मोतिया बिन्दु र खस्रेसँगै आँखा पोल्ने,चिलाउने र रातो हुने समस्या देखिएको मेची आँखा अस्पतालका डाक्टर पुरुषोत्तम जोशीले जानकारी दिए ।