लापिलाङ सामाजिक सेवा समितिमा विवेक कुमार खड्का

लापिलाङ सामाजिक सेवा समितिमा विवेक कुमार खड्का

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २९, २०७८

 

काठमाडौँ । 'सेवा नै धर्म हो ।  आत्मा साक्षी राखी मन,वचन र कर्मले काम  गरौँ '  मूल नाराका लापिलाङ सामाजिक सेवा समितिको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

प्रमुख  अतिथि  पूर्व  मन्त्री  माननीय सांसद  पार्वत गुरुङ, विशिष्ट  अतिथि  जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे लगायत  अन्य अतिथि गणहरूको उपस्थितिमा भएको साधारण सभा अध्यक्ष विवेक कुमार  खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । 

साधारण सभाले  अध्यक्ष  विवेक कुमार खड्का, उपाध्यक्ष  विक्रम खड्का, सचिव  कृष्ण  पोत्रेल ,सहसचिव  सुशील खड्का  कोषाध्यक्ष यज्ञ बहादुर थापा सहित १५ जनाको नयाँ कार्य समितिलाई निर्वाचित गरेको प्राप्त समाचारमा उल्लेख छ ।