ड्राइभर विनाको इलेक्ट्रीक ट्रक

ड्राइभर विनाको इलेक्ट्रीक ट्रक

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं, एजेन्सी । स्वीडेनको शहरमा विना ड्राइभर क्याविनको इलेक्ट्रीक ट्रकले सामान ढुवानी गर्ने अभ्यास शुरु गरेको छ । प्रतिघण्टा ८५ किमिको गति रहेपनि अहिले भने केवल ५ किमि प्रतिघण्टाको दरमा ढुवानीको अभ्यास चलिरहेको छ । 

विना ड्राइभर क्याविनको ट्रक भनेपछि यसमा ड्राइभर रहने सवाल नै रहेन । ट्रकको पूरा सिस्टममा ५ जी नेटवर्क जडान हुनेछ भने ३ डी सेंसरवाला क्यामरा तथा रडार पनि रहनेछ । यदि यो प्रयोग सफल भएका खण्डमा यसको व्यापारिक उत्पादन शुरु हुनेछ ।  

ट्रक बनाउने  कंपनी इनिराइड एंड लॉजिस्टिक्स का डीबी शेंकरले बताए अनुसार यस प्रकारको विशेषता युक्त यो पहिलो ट्रक हुनेछ । यो ट्रकलाई औद्योगिक क्षेत्रको एक वेयरहाउस तथा टर्मिनल बीच परीक्षणको लागि डिसेम्बर २०२० सम्मको समय सीमा दिइएको छ । 

इंफोसिस, ओला तथा टाटा कम्पनीले पनि यस दिशामा काम गरिरहेका छन् । गूगलले सबैभन्दा पहिले विना ड्राइभरको कार बजारमा ल्याइसकेको छ । यदि यो प्रविधि सफल भएको खण्डमा सडकमा हुने दुर्घटना तथा जामबाट आम मानिसले मुक्ति पाउँछन् ।