स्रष्टाहरू बङ्गलादेश प्रस्थान

स्रष्टाहरू बङ्गलादेश प्रस्थान

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २९, २०७८

काठमाण्डौ । बङ्गलादेश नेपाल मैत्री संघको निमन्त्रणामा त्यहां आयोजना हुने द्विदेशीय विशेष साहित्यिक समारोहमा भाग लिन आइतबार ढाका प्रस्थान गर्दै छन्  ।

साहित्यकार पवन आलोकको नेतृत्वमा ढाका जानेहरूमा प्रा. डा. लक्ष्मण प्रसाद गौतम, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपन्यास समाजका अध्यक्ष शंकर भारती, कवि तथा सम्पदक यादव भट्टराई र कवि उमेश राई अकिन्चन छन् । 

टोलीलाई बङ्गलादेशस्थित नेपाली दूतावासले विशेष स्वागत कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यहाँका महत्त्वपूर्ण स्थानहरूको अवलोकन भ्रमण सकेर टोली आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।