सुनको मूल्य १ लाख २ हजार ८०० रुपैयाँ

सुनको मूल्य १ लाख २ हजार ८०० रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २९, २०७८

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर १ लाख २ हजार ८०० रुपैयाँमा काराेबार भइरहेको छ ।

यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४२५ रुपैयाँ निर्धारण भएको छ ।