अपि पावरले १ अर्ब ८ करोडको हकप्रद जारी गर्ने

अपि पावरले १ अर्ब ८ करोडको हकप्रद जारी गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २९, २०७८

अपि पावर कम्पनी लिमिटेडले १ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद शेयर जारी गर्ने भएको छ ।

धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई १ अर्ब ८ करोड ६० लाख रुपैयाँको हदप्रद शेयर जारी गर्ने भएकाे हाे ।

अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रद शेयर बिक्री अनुमतिका लागि आवेदन पेस गरेको थियो । आवेदन अनुसार कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निश्कासन गर्न लागेको हो ।

धितोपत्र बोर्डको २६ फागुनको निर्णयले अपि पावर कम्पनीलाई १०:३.९३ को अनुपातमा हकप्रद शेयर निश्कासनको अनुमति दिएको थियो । बोर्डको अनुमतिसँगै कम्पनीले अब तोकेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले छिट्टै हदप्रद शेयर जारी गर्नेछ ।

यसअघि कम्पनीले  गत जेठमा २९.३८ प्रतिशत हदप्रद शेयर जारी गरेको थियो । कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाइसकेको छ ।