डिशहोम फाइबरनेट: प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोम फाइबरनेट: प्रयोगकर्ता एक लाख पुग्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २९, २०७८

ललितपुर । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ ।

चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम इन्टरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित डिश मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम इन्टरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राख्नु भयो ।

आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको मा केक काटेर खुसियाली मनाएका छन् ।