चौदण्डीगढी गोल्डकप: कटारी र सप्तकोशी फाइनलमा

चौदण्डीगढी गोल्डकप: कटारी र सप्तकोशी फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ३०, २०७८

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी 'चौदण्डीगढी गोल्डकप २०७८'  मा कटारी र सप्तकोशी फाइनल चरणमा प्रवेश गरेका छन् ।

आइतबार सम्पन्न दुई खेलमा कटारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकाबाट सहभागी दुई टिमले फाईनल सम्मको यात्रा तय गरेका हुन् ।

आइतबारको पहिलो खेलमा झापाको दमक फुटबल एकाडेमीलाई १–० ले पराजित गर्दै उदयपुरको कटारीले आफूलाई सुरक्षित गरेको थियो । कटारीको तर्फबाट बिदेसी खेलाडी नेकोलले गरेको १ मात्र प्रहार निणार्यक गोल बन्न पुग्यो । जर्सी नम्बर १२ सहित मैदान छिरेका नेकोलले मध्यान्तर अघिको ४ मिनेटमै गोल प्रहार गरेका थिए ।

बिपक्षी झापाले भने कुनै पनि गोलर हित खेलमैदानबाट निस्कनु परेको थियो । दोस्रो खेल उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्यूजन फुटबल क्लव र सप्तरीको सप्तकोशी नगरपालिकाबाट सहभागी टिम बीच प्रतिस्पर्धा भएको थियो । त्यसैगरी बिदेशी खेलाडीकै सहायतामा सप्तकोशीले पनि १ मात्र गोल प्रहार गरेको थियो । १–० कै गोलान्तरमा टुंगीएको दोश्रो खेलमा पनि जर्सी नम्बर १९ का बिदेशी खेलाडी इगोजेले ५८ औ मिनेटमा निणार्यक गोल प्रहार गरेका थिए ।

मैदानमा प्रतिस्पर्धारत चारै टिमले व्यवसायिक बिदेशी खेलाडीलाई मैदान उत्रारेका थिए । बिजयी कटरी र सप्तकोशी दुवैको अन्तिम फाईनल खेल चैत १ गतेसम्म चल्ने आयोजक कमिटीका आनन्ददेव चौधरीले जानकारी दिए । गोल्डकपमा ८ टिम सहभागी रहेका थिए । विजेताले नगद २ लाख ५० हजार पाउनेछन । त्यस्तै उपविजेताका लागि भने १ लाख ५० हजार नगद सँगै शिल्ड र प्रमाणपत्र समेत व्यवस्था गरिएको आयोजक समितिका चौधरीले जानकारी दिए । चैत १ गते दुवै टिम मध्ये कसरीले उपाधि चुम्ने हो हेर्न बाँकी छ ।