सुनको मूल्य ताेलामाा ५०० रुपैयाँले घट्याे

सुनको मूल्य ताेलामाा ५०० रुपैयाँले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ३०, २०७८

सुनको भाउ सोमबार तोलामा ५०० रुपैयाँले घटेकाे छ ।  नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि आइतबार सुन तोलाको १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ८०० रुपैयाँ ताेकिएकाे छ ।  

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।