जसपामा अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

जसपामा अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३०, २०७८

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनीष सुमनले जानकारी दिए । 

छलफलप्रश्चात् सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ । 

यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।