‘पार्टीमा भिलेन फेला पर्‍यो, भिलेन सँग लड्दा लड्दै विभाजित हुनुपर्‍यो ।’

‘पार्टीमा भिलेन फेला पर्‍यो, भिलेन सँग लड्दा लड्दै  विभाजित हुनुपर्‍यो ।’

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३०, २०७८

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रष्टीकरण दिएका छन् । 

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए । 

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेन सँग लड्दा लड्दै विभाजित हुनुपर्‍यो ।’ 

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए । 

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुन थाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।