एकीकृत ट्रेड युनियन महासंघकाे घोषणा सभा चैत्र ११ मा

एकीकृत  ट्रेड युनियन महासंघकाे घोषणा सभा  चैत्र ११ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०७८

 काठमाडौँ । एकीकृत  ट्रेड युनियन महासंघले यही चैत्र ११ गते शुक्रवारका दिन घोषणा सभा तथा  प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।  

एकीकृत  ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य उत्तर खड्काले दिनु भएको जानकारी अनुसार ३०, फागुन २०७८ मा  महासंघको केन्द्रीय अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो  ।

केन्द्रीय सदस्य  खड्काका अनुसार  नेकपा (एकीकृत समाजवादी)का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा  हुने  सभा तथा  प्रशिक्षण कार्यक्रम बानेश्वर स्थित थापा गाउँको  बानेश्वर ब्याङ्केटमा आयोजना हुने र उक्त कार्यक्रममा घोषित केन्द्रीय कमिटीका सदस्य तथा पदाधिकारीको शपथ ग्रहण समेत हुने छ  । 

एकीकृत  ट्रेड युनियन महासंघले देशभक्त इमानदार नेपाली दाजुभाइ दिदी बहिनी ,बुद्धिजीवी, विभिन्न पेशागत महासंघ , पार्टीका नेता तथा कार्यकर्ता  र सञ्चारकर्मीलाई कार्यक्रममा सहभागी हुन आव्हान समेत गरेको छ ।