सुनको मूल्य ताेलामा २ हजार ३०० रुपैयाँले घट्याे

सुनको मूल्य ताेलामा २ हजार ३०० रुपैयाँले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १, २०७८

सुनको भाउ मंगलबार तोलामा २ हजार ३०० रुपैयाँले घटेका छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।सोमबार छापावाल सुन तोलाको १ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएकाे थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ३८० रुपैयाँ निर्धारण भएको छ ।