सुनकाे मूल्य ओरालाे

सुनकाे मूल्य ओरालाे

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २, २०७८

सुनकाे मूल्य याे साता ‌ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला १ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार ८०० रुपैयाँले घटेर १ लाख २ हजार ३०० रुपैयाँ ताेकिएकाे थियाे । यसैगरी साेमबारकाे तुलनामा म‌ंगलबार छापावाल सुनकाे मूल्य १ हजार ८०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँमा काराेबार भएकाे स‌ंघले जनायाे । 

मंगलबारकाे तुलनामा बुधबार ताेलामा १ हजार २०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँमा किनबेच भइरहेकाे छ । साताकाे पहिला दिनकाे तुलनामा साता चाैथाे दिन बुधबार सुनकाे मूल्य ३ हजार ५०० रुपैयाँले घटेकाे छ । 

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३७० रुपैयाँ ताेकिएकाे संघले जनाएकाे छ ।