पेट्रोलियम पदार्थकाे भाउ बढ्यो : पेट्रोल प्रतिलिटर १५५, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ

पेट्रोलियम पदार्थकाे भाउ बढ्यो : पेट्रोल प्रतिलिटर १५५, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २, २०७८

काठमाडौँ  । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । 

पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।


बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ ।