लुम्बिनी प्रदेशकाे कार्यक्रममा सहभागी हुन प्रचण्ड बुटवल प्रस्थान

लुम्बिनी प्रदेशकाे कार्यक्रममा सहभागी हुन प्रचण्ड बुटवल प्रस्थान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहबार बुटवल गएका छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले संचालन गर्न निर्देशन दिनेछन् । 

केन्द्रीय कमिटी बैठकलगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान संचालन गरेको हो । 

सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् । 

उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए । तर, पहिलो हुनेगरीको तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइदिएका दिए ।