'३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ'

'३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । 

होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए । 

एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे । कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताभाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन् ।