एकीकृत समाजवादीको चुनावी अभियान: ‘ जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’

एकीकृत समाजवादीको चुनावी अभियान: ‘ जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७८

भूगोलमै गएर वास्तविक अवस्थाको जानकारी लिने तयारीमा एकीकृत समाजवादी काठमाण्डौ चैत ३ नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरु खटाउने निर्णय गरेको छ ।

‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’ भन्ने मूल चुनावी नारा सहित एकीकृत समाजवादी भूगोलमा गएर बास्तविक अवस्था पहिचान गर्ने भएको हो । बिहीबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीले ७ बटै प्रदेशमा नेताहरु खटाउने निर्णय गरेको बताउनु भएको छ ।

जस अनुसार प्रदेश १ मा उपमहासचिव प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती उपमहासचिव गंगालाल तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई,  लुम्बिनीमा उपमहासचिव विजय पौडेल,  कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ ।

अनुगमनमा खटिने नेताहरुले सातै वटा प्रदेश, वडा, गाउँ र पालीकासम्म पार्टीको वास्तविक अवस्थाको रिपोर्टिङ गरी सोही अनुसार आगामी रणनीति बन्ने खतिवडाले बताउनु भएको छ ।

सातवटा प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्न नेताहरु पठाउने निर्णय भएको छ । यो टोलीले सातवटै प्रदेशमा गरेको कामको रिपोर्टिङ ल्याउनेछन् । वडा, गाउँ र पालीकासम्मको हाम्रो वास्तविक अवस्थाको रिपोर्टिङ आउनेछ। हामी वास्तविक सूचना ल्याउने छौँ। त्यही अनुसार हामी रणनीति बनाउनेछौँ, खतिवडाले भन्नुभयो ।