नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै यूएई

नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै यूएई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ४, २०७८

विश्वकप क्रिकेट लिग- २ एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । 

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जीतको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

यूएईसमेत लगातार दोस्रो जीत निकाल्ने योजनामा छ। उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन्, जसमा नेपाल र यूएई दुवैले समान २ पटक जीत हात पारेका छन् ।

लिगमा यूएई १५ खेलमा ८ जीत निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर  छैटौँ स्थानमा  छ ।