नेपाललाई यूएईकाे १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए ७ विकेट

नेपाललाई यूएईकाे १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए ७ विकेट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ४, २०७८

आईसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा यूएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको खेलमा यूएईले ४६ दशमलब ३ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । यूएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । 

नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले यूएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा ४र करणको नाममा ३ विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे ।