एकीकृत समाजवादीक कागेश्वरी मनोहरा वडा नं ९ मा २ बटा टोल कमिटी

एकीकृत समाजवादीक कागेश्वरी मनोहरा वडा नं ९ मा २ बटा टोल कमिटी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७८

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको कागेश्वरी मनोहरा टोल कमिटी गठन भएको छ । बिहीबार कागेश्वरी मनोहरा ९ मा २ बटा टोल कमिटी गठन भएको हो ।

नवगठित टोल कमिटी सूर्यनाथ अधिकारीको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन भएको हो । यस्तै भेलाले नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा–९ ले नगर प्रमुख  कृष्णहरी थापाको प्रमुख आतिथ्यतामा आशा पुरी टोल भेला गरी हरी बुढाथोकीको अध्यक्षतामा २९ सदस्यीय आशा पुरी टोल कमिटी ग७न भएको जनाइएको छ ।

त्यसैगरी संगीता बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय हिमालय गोधुली नीलगिरी अखिल नेपाल महिला संघ (समाजवादी) टोल कमिटी गठन भएको अखिल नेपाल महिला संघ ( समाजवादी) काठमाण्डौ अध्यक्ष तथा पार्टीको काठमाण्डौ जिल्ला सचिवालय सदस्य सुशिला खतिवडाले बताउनु भयो ।