कांग्रेस केन्द्रीय समिति बैठक चैत ११ मा

कांग्रेस केन्द्रीय समिति बैठक चैत ११ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७८

काठमाडौँ । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । 

बैठक सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी, एवम् घर घर जाऔं, कांग्रेस जिताऔँ अभियानको प्रारम्भिक समिक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ ।

यस्तै संसदीय समिति गठनबारे पनि बैठकमा छलफल हुने मुख्य सचिव पौडेलबारे जारी विज्ञप्तीमा भनिएको छ ।