नेपाल कृषि मजदुर संगठन गोरखामा लोकबहादुर थापा

नेपाल कृषि मजदुर संगठन गोरखामा लोकबहादुर थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७८

गोरखा । नेपाल कृषि मजदुर  संगठन गोरखा जिल्ला कमिटी लोक बहादुर थापा अध्यक्षतामा गठन  भएको छ । 

५ चैत्रमा २०७८ मा  नेकपा (एकीकृत समाजवादी ) जिल्ला कमिटी स-सचिव तिलक बानियाँ र सदस्य शारदा प्रसाद भट्टराईको आतिथ्यमा र नेपाल कृषि मजदुर संगठन केन्द्रीय अध्यक्ष उत्तर बहादुर खड्काको उपस्थितिमा भएको बृहत् भेलाले नेपाल कृषि मजदुर संगठन जिल्ला कमिटी गोरखा जिल्लाको भेलाले कमिटी गठन गरेको हाे ।

कमिटीको उपाध्यक्षमा राम प्रसाद भट्ट, सचिवमा  बिमला बस्न्यात र कोषाध्यक्षमा रामकृष्ण कुमाल रहनु भएको छ । कमिटीका सदस्यहरुमा   खड्ग बहादुर जि सी, सुनिता सुनुवार,यम बहादुर ढकाल, कृष्ण पाठक, मंगल थापा, वैकुण्ठ पोख्रेल, रेनुका गैरे, शान्ता सुनार र उमेश खड्का रहनु भएको छ ।