सुनको मूल्य ९९ हजार २०० रुपैयाँ कायम

सुनको मूल्य ९९ हजार २०० रुपैयाँ कायम

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ६, २०७८

सुनको भाउ आइतबार ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार  सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।