ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७८

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको १४ पुस र अधिवक्ता लाेकेन्द्र वलीले १३ पुसमा तत्कालीन प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन् । तर, मुद्दाको टुंगाे लागेकाे छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेकाे ३ दिनपछि १० पुस २०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।