एनआरएनए निर्वाचनमा 3 हजार ९८ मात्र योग्य मतदाता

एनआरएनए निर्वाचनमा 3 हजार ९८ मात्र योग्य मतदाता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७८

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र सहभागी हुन पाउने भएका छन् । 

संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३ हजार ५९० जनाको नाम सार्वजनिक गरेको थियो । 

करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो ।

संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतका पदमा मतदान हुँदै छ । अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अस्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच निर्वाचन हुँदै छ ।