यूएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्ने

यूएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ७, २०७८

अघिल्ला २ खेलमा १ जीत र १ हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्द खेल्दै छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै यूएईले सुरुमा ब्याटिङ गर्नेछ ।

आज विशेषगरट्ठ नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र यूएईबीच हालसम्म ५ ओडीआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई ३ खेलमा विजयी भएको छ । 

प्रतियोगितामा नेपाल १० खेलमा ५ जीत र ५ हारसहित १० अंकका साथ छैटौँ स्थानमा छ । यूएई १७ खेलमा ९ जीत र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपालको टोली

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सर्राफ र करण केसी ।