पूरा भएन घर बनाउने साझाको सपना, ९ वर्षदेखि सपनाको निरन्तरता

पूरा भएन घर बनाउने साझाको सपना, ९ वर्षदेखि सपनाको निरन्तरता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

 ललितपुर । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ललितपुरका प्रमुख चन्द्रकाजी गुरुङले भन्नुभयो– ‘सम्झौता अन्तिम चरणमा रहेको छ, नयाँ भवन करिब ३ वर्षभित्र निर्माण हुन्छ ।’ उहाँका अनुसार कोन्टे जेई जेभीले सोको ठेक्का पाएको छ ।

१८ करोड रुपियाँ लागत अनुमान गरिए पनि भ्याटबाहेक १३ करोड रुपियाँ बनाउन लागिएको उक्त भवनमा ऐतिहासिक पुस्तकसंग्रहका लागि पुस्तकालय, हल, प्रशासन भवन, साहित्यसँग सम्बन्धित विषयवस्तु समावेश गर्न मिल्ने कोठाहरु रहनेछन् । भवनमा साहित्यसँग जोडिएका सम्पूर्ण विषयवस्तुलाई समावेश गर्ने गरी नक्सा तयार गरिएको आयोजना प्रमुख गुरुङले बताउनुभयो । करिब ४ रोपनी क्षेत्रफलमा बन्ने भवन अत्याधुनिक हुनेछ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।