एकीकृत समाजवादीको प्रचार विभागले पायो पूर्णता

एकीकृत समाजवादीको प्रचार विभागले पायो पूर्णता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ८, २०७८

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २०७८ फागुन २५ र २६ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न विभागहरूलाई पूर्णता दिएको हो । केन्द्रीय कमिटीको उक्त बैठकले महत्वपूर्ण विभिन्न निर्णयहरू गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्रीय सचिवालयको २०७८ चैत ३ मा सम्पन्न १९औँ बैठकले थप निर्णय गरेको छ । पार्टीले ती सबै निर्णयहरूको आवश्यक जानकारी र कार्यान्वयनका निम्ति अन्तर पार्टी निर्देशन–५ जारी गरिएको छ । आइतबार जारी अपानले ३३ सदस्यीय केन्द्रीय प्रचार विभाग विस्तार गरेको छ । जसको प्रमुखमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा रहनु भएको छ । त्यस्तै विभागको उपप्रमुखमा समाजवादी प्रेस सङ्गठन नेपालका संयोजक शम्भु श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा राममाय भट्टराई, जीवन विसी, टंक पन्त, तेजप्रसाद वाग्ले, दुर्गा थापा, धनराज वास्तविक, नरेन्द्र साउद, प्रकाश खतिवडा, माधव पौडेल, विश्वमणी सुवेदी, रामकुमार एलन, रोहित दाहाल, शन्तराम बिडारी, भवानी कार्की, नवराज सुवेदी, विजय श्रेष्ठ, सूर्य वि।सी।, लेखनाथ सिकारु, वोधराज त्रिपाठी, भूपराज खड्का, भरत पोखरेल, वृजलाल पासवान, मेनुका भण्डारी, राघव साह, शीतल साह, बुद्धवीर राई, संंगीता पाख्रिन, हेम कर्ण बिक, तीर्थ सिग्देल, पासाङडोल्मा लामा र जीकेपोखरेल रहनु भएको छ ।