सुनको मूल्य १ लाख ३०० रुपैयाँ

सुनको मूल्य १ लाख ३०० रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र ८, २०७८

सुनको भाउ मंगलबार ८०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि सोमबार सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ ताेकिएकाे छ ।  

चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ३९५ रुपैयाँ निर्धारण भएको छ ।