निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा

निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ८, २०७८

जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबार हुँदै छ  ।

रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् । निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयाेगले बनाएकाे आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी हकप्रतिकूल भएकाे भन्दै उक्त प्रावधान खारेजीकाे माग गरेका छन् । 

उनले प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगाे नभएकाे र स्थानीय तह पनि रिक्त हुने पनि दाबी गरेका छन् । 

शेर्पाकाे तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले कानुनी प्रतिरक्षा गर्नेछन् । आयाेगले ३ चैतमा जारी गरेकाे निर्वाचन आचारसंहिता, २०७८ काे बुँदा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ । 

यही व्यवस्थाविरुद्ध अध्यक्ष शेर्पाले साेमबार (हिजाे) सर्वाेच्चमा रिट दायर गरेका हुन् ।