रुस–युक्रेन युद्धमा सबैभन्दा बढी बमबारी मारियुपोल सहरमा: रुसी चार स्वार्थ

रुस–युक्रेन युद्धमा सबैभन्दा बढी बमबारी मारियुपोल सहरमा: रुसी चार स्वार्थ

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र ९, २०७८

रुस–युक्रेन युद्धमा मारियुपोलमा सबैभन्दा बढी बमबारी भयो । यसैकारण यो सहर सबैभन्दा बढी क्षतिग्रस्त भएको छ । रुसले युक्रेन माथि लगातार हमलाका बाबजुद मारियुपोल मा आत्मसमर्पण गर्न र त्यसो गरे त्यहाँ उद्दार कार्य सञ्चालन गर्न दिने पनि बताएको छ । सबैभन्दा बढी रुसी हमला भोगेको मारियुपोल युक्रेन मा मस्कोको सैन्य अभियानका लागि पनि सबैभन्दा महत्वपूर्ण रहेको छ । यी चार कारण छन्, जसबाट यो बन्दरगाह सहर कब्जा गर्नु रुसका लागि रणनीतिक जीत हुनसक्छ भने युक्रेनका लागि ठूलो झट्का साबित हुन सक्छ । 

१. क्रिमिया र डोनबासबीचको ल्याण्ड करिडोर

भौगोलिक रुपमा मारियुपोल धेरै सानो सहर हो । तर क्रिमिया माथि कब्जा गरेपछि यो रुसका लागि महत्वपूर्ण छ । रुस लगातार आफ्ना सैनिकलाई पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रहेका पृथकतावादीसँग जोड्ने कोशिस गरिरहेको छ । युके ज्वाइन्ट फोर्सेस कमाण्डका पूर्व कमाण्डर जनरल सर रिचर्ड ब्यारेन्स भन्छन्, ‘मारियुपोल माथिको कब्जा रुसका लागि सबैभन्दा महत्वपूर्ण छ ।’

उनी भन्छन्, ‘जब रुसीलाई युद्ध सफलतापूर्वक समाप्त गरियो भन्ने लाग्छ, तब उसले रुसदेखि क्रिमियासम्म जमिनको बाटोमा एक पुल बनाइसकेको हुनेछ र यसलाई एक रणनीतिक सफलताका रुपमा हेरिनेछ ।’

यदि मारियुपोलमा कब्जा भयो भने रुससँग काला सागरसँग जोडिएको युक्रेनको ८० प्रतिशत तटीय क्षेत्र हुनेछ । यसबाट युक्रेनको समुद्री व्यापारमा ठूलो झट्का लाग्नेछ र उ संसारबाट समुद्री मार्गबाट कटिनेछ । पछिल्लो तीन सातादेखि युक्रेनको सेनाले रुसी बललाई सहर कब्जा गर्नबाट रोकिरहेका छन् । तर यो विफलतालाई मध्यनजर गर्दै अब रुसी कमान्डरले घेराबन्दीका लागि मध्यकालीन रणनीति २१औँ शताब्दीको हिसाबले लागू गर्न सुरु गरिसकेको छ ।

रुसले मारियुपोलमा तोपखाना, रकेट र मिसाइल पनि थपेको छ । ९० प्रतिशत सहरी क्षेत्र ध्वस्त भइसकेको छ । यतिमात्रै होइन यहाँ बिजुली, हिटिङ, ताजा पानी, खाना र स्वास्थ्य सामग्रीको आपूर्ति पनि ठप्प पारिएको छ । जसलाई मानवीय संकटका रुपमा हेरिएको छ । यो सहर ध्वस्त हुनुमा युक्रेन जिम्मेवार रहेको रुसले आरोप लगाएको छ ।

उसले सोमबार बिहान ५ बजेसम्मको समयमा युक्रेनले आत्मसमर्पण गर्न अस्वीकार गरेको बताएको छ । युक्रेनले आफ्नो अन्तिम सैनिक रहेसम्म यो सहरको रक्षा गरिरहने संकल्प गरेको छ । रुसी बल पनि बिस्तारै बिस्तारै सहरको केन्द्रभागतिर बढेको छ र शान्ति सम्झौता नभएको अवस्थामा रुसले मारियुपोलमा बमबारी बढाउने अनुमान गरिएको छ ।

रुसले यदि मारियुपोलमा पूर्ण नियन्त्रण कायम गरेमा उसका करिब ६ हजार सैनिक युक्रेनका अन्य क्षेत्रमा जान सक्नेछन् । यी सैनिकहरुलाई एक–एक हजार सैनिकको रणनीतिक समूहमा विभाजन गरिएको छ । 

जसबाट यी सैनिकलाई केही अन्य स्थानमा पुनः तैनाथ गर्न सकिन्छ । 

–उत्तर–पूर्वमा ताकि यो डोनबास क्षेत्रमा क्रेमलिन समर्थक पृथकतावादीसँग लडिरहेका युक्रेनी सेनाको सामना गर्न सकियोस् । 
–पश्चिममा ओडेसातर्फ, जो कि काला सागर नजिक युक्रेनको सबैभन्दा ठूलो सहर हो । 
–उत्तर–पश्चि निप्रो सहरतर्फ

२. युक्रेनको अर्थव्यवस्था चौपट गर्न

मारियुपोल लामो समयदेखि अजोभ सागरमा रणनीतिक रुपमा महत्वपूर्ण बन्दरगाह हो । अजोभ सागर काला सागरसँग जोडिएको छ । अजोभ सागर क्षेत्रमा यो सबैभन्दा ठूलो बन्दरगाह हो र यहाँ व्यापक स्तरमा फलाम र इस्पातसँग सम्बन्धित काम हुन्छन् । सामान्य अवस्थामा युक्रेनबाट इस्पात, कोइला र कर्न मारियुपोलबाट नै मध्यपूर्व र अन्य स्थानमा निर्यात हुन्थ्यो । 

मारियुपोलमा रुसको प्रतिरोध युक्रेनले गरिरहेको छ । तर यसको मूल्यलाई पनि हेर्नुपर्ने हुन्छ । यो सहर लगभग बर्बाद भइरहेको छ । इतिहासमा यो ग्रोजनी र अलेप्पोको सूचीमा सामेल हुनेछ । जहाँ रुसको बमबारीले अब भग्नावशेषमात्रै बाँकी छन् । यो युक्रेनका अन्य सहरका लागि सन्देश पनि हो कि यदि तिमीहरु मारियुपोल जसरी युद्ध चुन्छौ भने तिमीहरुको भविष्य पनि यही हुनेछ ।

आठ वर्षदेखि अर्थात सन् २०१४ मा जब मस्कोले क्रिमियामाथि कब्जा गर्‍यो, यो सहर रुसी सैन्य बल र स्वघोषित मुक्त क्षेत्र डोनेस्क र लुहान्स्कमा रहेका रुसी समर्थकबीच तनावमा पर्दै आएको छ । 

मारियुपोल माथिको नियन्त्रण गुमाउन युक्रेनको अर्थव्यवस्थाका लागि ठूलो धक्का साबित हुनेछ ।

३.रुसले प्रोपोगाण्डाको मौका पाउनेछ 

मारियुपोलमा युक्रेनी लडाकुका इकाई पनि रहेका छन् । जसलाई अजोभ ब्रिगेड भनिन्छ । यसको नाम अजोभ सागरको नामबाट राखिएको हो । जो काला सागरमा जोडिएको छ । अजोभ ब्रिगेडमा नवनाजीसहित दक्षिणपन्थी सामेल छन् । 

यद्यपि युक्रेनी सेनाका अघि यिनीहरु धेरै कम संख्यामा छन्  । तर मस्कोका लागि सैनिक प्रोपोगाण्डाका हतियार जस्तै हुनेछन् । रुसले आफ्ना जनतालाई यो ब्रिगेडको बहानामा युक्रेनमा जुन सैनिकलाई लड्न पठाइएको छ । उनीहरु आफ्ना नवनाजीहरुबाट छुटकारा पाउनका लागि गएको सन्देश पुर्‍याउनेछ ।

यदि रुसले ठूलो संख्यामा अजोभ ब्रिगेडका लडाकूलाई जिउँदो समात्न सफल भएमा युक्रेनविरुद्धको युद्धमा युक्रेनलाई बदनाम गर्न सरकारी मिडियाबाट चलिरहेका सूचनालाई युद्धको हिस्साका रुपमा प्रयोग गर्नसक्द्ध । 

४. मनोबलमा ठूलो असर

यदि रुसले मारियुपोलमा कब्जा गरेमा दुवै देशबीच युद्धमा मनोबलमा ठूलो असर पर्नेछ । मारियुपोलमा रुसको जितपछि क्रेमलिनले सरकारी मिडियाबाट आफ्ना जनतालाई आफ्नो लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको बताउँन पाउनेछ ।

राष्ट्रपति पुटिनका लागि यी सबैको ऐतिहासिक महत्व रहेको छ । उनी युक्रेनको काला सागर तटरेखालाई नोभोरसिया (नयाँ रुस) को हिस्सा मान्छन् । रुसी साम्राज्यले १८ औँ शताब्दीमा अटोमन साम्राज्यसँग लगातार भएका केही युद्धमा दक्षिणमा ओडेसादेखि लिएर पूर्वमा लुहान्स् रहेको क्षेत्रमा पनि जित हासिल गरेको थियो र नोभोरसिया अर्थात नयाँ रुस भनेको थियो ।

सोभियत संघका क्रममा नोभोरसियाको ठूलो हिस्सा युक्रेनियन सोभियत सोसलिस्ट रिपब्लिकको हिस्सा थियो । जो आधुनिक युक्रेनको हिस्सा भयो । पुटिन रुसी कारबाही पश्चिमा समर्थक युक्रेनी सरकारको अत्याचारबाट रुसीलाई बचाउनका लागि भएको हो भन्ने भावना आम मानिसमा जागृत होस् भन्ने चाहन्छन् । अहिले मारियुपोल पुटिन र उनको लक्ष्यकाबीच खडा छ । तर युक्रेनीका लागि मारियुपोल गुम्नु ठूलो झट्का हो । यसको सैन्य र अर्थव्यवस्थासँग जोडिएको असर त हुनेछ नै लामो समयदेखि यसको रक्षाका लागि लडेकाहरुमा पनि निराशा ल्याउनेछ ।

मारियुपोलमा रुसको प्रतिरोध युक्रेनले गरिरहेको छ । तर यसको मूल्यलाई पनि हेर्नुपर्ने हुन्छ । यो सहर लगभग बर्बाद भइरहेको छ । इतिहासमा यो ग्रोजनी र अलेप्पोको सूचीमा सामेल हुनेछ । जहाँ रुसको बमबारीले अब भग्नावशेषमात्रै बाँकी छन् । यो युक्रेनका अन्य सहरका लागि सन्देश पनि हो कि यदि तिमीहरु मारियुपोल जसरी युद्ध चुन्छौ भने तिमीहरुको भविष्य पनि यही हुनेछ । बीबीसीमा फ्रेन्क गार्डनरको रिपोर्टको नेपाली अनुवाद