मेगा बैंक : बागबजार, गौशाला र कोटेश्वरमा

मेगा बैंक : बागबजार, गौशाला र कोटेश्वरमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १०, २०७८

काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । 

काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ । 

अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।