४ पटक स्थगित मधेस प्रदेशसभा बैठक आजदेखि

४ पटक स्थगित मधेस प्रदेशसभा बैठक आजदेखि

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ११, २०७८

यसअघि ४ पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजदेखि सुरु हुँदै छ ।

गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि ४ पटक स्थगित भएको थियो । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ ।

आन्तरिक मामिला तथा संचारमन्त्री भरतकुमार साहका अनुसार कृषि तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत हुने कार्यसूची छ । 

गत ९ चैतमा बोलाइएको बैठक विशेष कारणबस बस्न नसकेको उल्लेख गर्दै सचिव रञ्जितकुमार यादवले ११ चैत दिउँसो २ बजेका लागि सभामुख सरोजकुमार यादवको निर्देशनमा आह्वान भएको बताए ।