समाजवादी प्रेस संगठन नेपालको विस्तारित बैठक सम्पन्न (गरेका निर्णय र पारित प्रस्तावसहित)

समाजवादी प्रेस संगठन नेपालको विस्तारित बैठक सम्पन्न (गरेका निर्णय र पारित प्रस्तावसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १३, २०७८

काठमाडाैँ । देशभरिका ब्यबसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित  समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम  बिस्तारित बैठक  आइतबार काठमाडौमा भब्यताका साथ सम्पन्न भएको छ । 

देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय ५० जना समाजबादी प्रेस संगठनका सस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी बिस्तारित बैठकले समाजबादी प्रेस संगठनको बिधान २०७८ लाई ब्यापक छलफल गरी सर्बसम्मत रुपमा पारित गरेको छ । 

नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपालले समापन  गर्नुभएको बिस्तारित बैठकको उदघाटन सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले गर्नुभएको थियो । अध्यक्ष नेपालले प्रतिगमन अझै पनि पुर्ण रुपमा सच्चिन बाकी रहेकोले लोकतन्त्र र सबिधानका पहरेदार देशभरिका पत्रकारहरुलाई समाजबादी प्रेस संगठनमा गोलबन्द भै आआफ्नो ठाउंबाट प्रभाबकारी भुमिका निर्बाह गर्न आह्वान गर्नुभएको छ ।  

प्रतिगमनको मतियार बनेको प्रेस चौतारीबाट बिद्रोह गरी ६ महिंनामै  नै देशब्यापि रुपमा संगठन बिस्तार गरिसकेको समाजबादी प्रेस संगठनको बिस्तारित बैठकले महासचिब भुपराज खडकाले पेश गर्नुभएको संगठनात्मक   प्रतिबेदन , प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिबेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदन पारित गर्नुका साथै बरिष्ठ पत्रकार एवं संगठनका सस्थापक टंक पन्तले प्रस्तृत गर्नुभएको २० बुदे महत्वपुर्ण समसामयिक प्रस्ताबहरु पनि सर्बसम्मतिले पारित गरेको छ । 

संगठनका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बिस्तारित बैठकमा  नेकपा एकीकृत समाजबादीका उपमहासचिब एवं मोर्चा संगठनका प्रमुख डा बिजय पौडेल, उपमहासचिब एवं केन्द्रिय प्रचार बिभागका प्रमुख जगनाथ खतिवडा , बरिष्ठ पत्रकार एवं सगठनका सस्थापकहरु किशोर श्रेष्ठ , बालकृष्ण चापागाइ, खेम भण्डारी, सुवास खतिवडा , बिनोद ढुगेल, अशेष घिमिरे, चमिना भटराई लगायतका संगठनका नेताहरुले  प्रेस स्वतन्त्रता,  श्रमजीबी पत्रकारहरुको हक हित र ब्यबसायिक सुरक्षाका लागि सबै पत्रकारहरु एक भएर आवाज उठाउनुपर्ने कुरामा जोड दिनुभएको  थियो । 

बिस्तारित बैठकको मान्युट कमिटीमा उपाध्यक्ष  प्रकाश खतिवडा , सुवास साह  र तीर्थ सिग्देल ,  बहस नोट कमिटीमा नबराज छत्कुली, तेज वाग्ले र उर्मिला कुंवर  र प्रस्ताब कमिटीमा बरिष्ठ पत्रकार टंक पन्त र भरतराज पोख्रेल रहनुभएको थियो । कार्यक्रममा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्ताक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको बिमोजन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गितहरुको सार्वजनिक समेत गरिएको थियो ।

बिस्तारित बैठकले  अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन , लोकतन्त्र, प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित सकमाजबादी प्रेस संगठनमा गोलबन्द हुन आह्वान गरेको छ । 

बैठकले पारित गरेका समसामयिक महत्वपुर्ण प्रस्ताबहरु