प्रचण्ड आज रोल्पामा : लिबाङमा हुने आमसभालाई सम्बाेधन गर्दै

प्रचण्ड आज रोल्पामा : लिबाङमा हुने आमसभालाई सम्बाेधन गर्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज राेल्पा जाँदैछन् । 

युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावर´काे उनले उद्घाटन गर्नेछन् ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदकाे नाम राखिएको छ । कतिपयकाे शालिक पनि राखिएको छ ।

करिब ६ कराेडमा निर्माण सम्पन्न टावरकाे मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।

यसपछि प्रचण्डले पार्टीले लिबाङकाे टुँडिखेलमा आयाेजना गर्ने आमसभालाई सम्बाेधन गर्नेछन् ।