त्रियुगा नगरपालिका: २ बिगाहा जग्गामा लिफ्ट सहितको ८४ कोठाको चार तले प्रशासकीय भवन !

त्रियुगा नगरपालिका: २ बिगाहा जग्गामा लिफ्ट सहितको ८४ कोठाको चार तले प्रशासकीय भवन !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७८

उदयपुर । त्रियुगा नगरपालिको २५ औँ रजत महोत्सवका अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास गरिएकाे छ । अहिलेको भवन पुरानो र साँधुरो भएकाले त्रियुगा नगरपालिका- १० बाँसबारी बोक्सेमा अत्यधुनिक भवन निर्माणको शिल्यान्यास गरेको हो । 

नवनिर्मित भवनको नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत ढकालले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् ।

नगरपालिकाको करिब आफ्नै २ बिगाहा जग्गामा लिफ्ट सहितको ८४ कोठाको चार तले भवन निर्माण हुने सहरी पूर्वाधार शाखाका ईन्जिनियर निर्मलकुमार चौधरीले जानकारी दिए । ईन्जिनियर चौधरीका अनुसार करिब १६ करोड ५० लाख लागत अनुमान रहेको बताए । 

 भवन शिलान्यास गर्दै नगर प्रमुख चौधरीले नगरको अत्याधुनिक सुबिधा सम्पन्न भवन निर्माण गर्न ६ करोड संघीय सरकारको र बाँकी रकम नगरपालिकाको रहेको बताए । एक महिना भित्रमा निर्माण सुरु गरिने नगर प्रमुख चौधरीले बताए । उनले अहिलेको भवन सानो र अव्यवस्थित भएकाले जनतालाई सेवा दिन समस्या भएको जनाए ।