अहिलेका गीतमा गहिरो बेखुसी

अहिलेका गीतमा गहिरो बेखुसी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७६

लन्डन । टुक्रिएको मन र वास्तविक क्रोधले सधैं कुनै न कुनै चर्चित गीत सिर्जना गराएको छ । डोली पार्टनको 'आई विल अल्वेज लभ यु' देखि एडेलीको 'सम वन लाइक यु' र साम स्मिथको 'स्टे विथ मी' जस्ता चर्चित गीत त्यस्तो उदाहरण हो, जसले आँसुलाई सुनमा परिणत गरिदिएको छ ।

तर अचेलका संगीतले पहिलेका गीत रचनामा देखिनेभन्दा फरक अर्थात् गहिरो बेखुुसी अभिव्यक्त गर्न थालेका हुन् ? अमेरिका र बेलायतमा पछिल्ला दशकहरूमा आएका ६ हजार गीतको मूल्यांकन आधारमा यस्तै निचोड निस्किएको छ ।

सन् १९८० सम्म पनि दुःख र एक्लोपनाको भावना गीतमार्फत व्यक्त हुन्थे । खुसी अभिव्यक्त गीत कमै रुचाइन्थे । यतिबेला गीतमा आएको स्वाद परिवर्तनको कारण के होला ? के संगीतलाई लिने तरिकाको परावर्तन हो ? या, अहिलेको समाजलाई अभिव्यक्त गर्न खोजिएको हो ? केही तथ्यसहित कारण खोज्न सकिन्छ । यो समाचार आजको कान्‍तिपुर दैनिकमा छ ।