एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा खतिवडा

एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा खतिवडा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा वरिष्ठ पत्रकार प्रकाश खतिवडालाई सर्वसम्मतिले चयन गरिएको छ । 

समाजवादी प्रेस संगठनका उपाध्यक्ष समेत रहेका खतिवडालाई २०७८ चैत्र १३ गते आइतबार संगठनको प्रथम विस्तारित बैठक स्थल अर्पण ब्यङ्केट नयाँ बानेश्वरमा  बसेको  नेकपा (एकीकृत समाजवादी)  प्रचार विभागको पहिलो बैठकले खतिवडालाई सर्वसम्मतिले सचिव पदको जिम्मेवारी दिने निर्णय गरेको हाे । 

२०७८ चैत्र १३ गते   सोमबारका दिनै  नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव ड‍ा‍‍‍‍‍. वेदुराम भुसालले खतिवडालाई माइन्यूट हस्तान्तरण गरेर पद बहाली गराउँदै प्रचार विभागका कामले गति लिने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उपमहासचिव डा. विजय पौडेल लगायत प्रचार विभागका सदस्यहरू सहित नेताहरूको सहभागिता रहेको थियो ।

पद बहाली गर्दै खतिवडाले विभागले दिएको जिम्मेवारीलाई समन्वयात्मक ढंगले कुशलतापूर्वक वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको समेत विभागले जनाएको छ ।

विभागको जिम्मेवारी पाउनु भएका खतिवडा पत्रकार महासंघ सप्तरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ भने तत्कालीन प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष, एमालेमा रहनु हुँदा  प्रचार विभाग सदस्य र  तत्कालीन अञ्चल, विभाग सहित युवा तथा विद्यार्थीको विभिन्न जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

उमेरले ५ दशक पार गरिसक्नु भएका खतिवडाले ०४७ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएको समेत विभागले जनाएको छ ।