अनेरास्ववियूले पर्वतको  मुडिकुवामा गर्‍यो खेलकुद सामाग्री वितरण

अनेरास्ववियूले पर्वतको  मुडिकुवामा गर्‍यो खेलकुद सामाग्री वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७८

पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा स्थित जनसहयोगी प्राविधिक तथा व्यावसायिक माविमा सोमबार एक कार्यक्रमका बीच खेलकुद सामाग्री वितरण गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू जिल्ला कमिटी पर्वतको आयोजनामा ' म अनेरास्ववियू सार्वजनिक समस्यामा मेरो दायित्व'  कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हो । मुडिकुवामा गठित अनेरास्ववियू प्रारम्भिक कमिटीले केही समय पहिले गरेको साहित्यिक कार्यक्रम 'पलेटीमा तीन कवि' नामक कार्यक्रम सञ्चालन गर्दा बचत भएको रकम र नेकपा एकीकृत समाजवादी पर्वत जिल्ला कमिटी सदस्य लोकनाथ भुसालको विशेष सहयोगमा भलिबल, फुटबल, चेस,  क्रिकेट बल, क्रिप्याड आदि गरेर २० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री वितरण गरिएको अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो । 

अनेरास्ववियूले विद्यार्थीहरूको हक हितमा विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै उक्त सामाग्री उपलब्ध गराउन नेकपा एकीकृत समाजवादी पर्वतका जिल्ला कमिटी सदस्य भुसाललाई धन्यवाद दिनुभयो । खेलकुद वितरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रवक्ता तथा मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा जोड दिँदै खेलकुद सामाग्री वितरण गरेकोमा अनेरास्ववियू पर्वतलाई धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भएको बताउँदै अनेरास्ववियूले प्रदान गरेको खेलकुद सामाग्रीले विद्यार्थीहरू उत्कृष्ट खेलाडी बन्नमा सहयोग पुर्‍याउने बताउनुभयो । 

वडा तथा पालिकाले विद्यार्थीहरुको रुचि चाहाना अनुसार खेलकुद सामाग्री उपलब्ध गराउन नसकेको अवस्थामा अनेरास्ववियूले सामग्री वितरण गरेकोमा प्रशंसा व्यक्त गर्नुभएको थियो । स्वास्थ्य पढ्ने समयमा पढ्न र खेल्ने समयमा खेल्न अनुरोध गर्दै खेलकुद सामाग्रीको सहि सदुपयोग गर्न गौडेलले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । 

जन सहयोगी प्राविधिक तथा व्यावसायिक माबि अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निमित्त प्रअ तुलसीराम तिवारीको धन्यवाद मन्तव्य र कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माले गर्नुभएको थियोे ध्वस्त बनाएको कम्युनिस्ट आन्दोलनलाई आफूहरुले जोगाएको बानियाँ म्याग्दी चैत्र १५ नेकपा(एकीकृत समाजवादी) म्याग्दीकी इन्चार्ज मुना बानियाँले केपी ओलीले ध्वस्त बनाएको कम्युनिस्ट आन्दोलनलाई आफूहरुले जोगाउन नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेको बताउनुभयो । 

बेनी नगरपालिका ९, घतान म्याग्दीमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को वाड कमिटी गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले  'लिग बाट बाहिर गएपछि रेलको जे हालत हुन्छ, त्यही हालत हुँदैनथ्यो नेपालको कम्युनिस्ट आन्दोलन । तर आफूहरुको निरन्तर खटनका कारण कम्युनिस्ट आन्दोलन जोगिएको छ'  बानियाँले भन्नुभयो । 

बिशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले युवाहरुको जोस र उत्साहको प्रतिफल नै एकीकृत समाजवादीको जन्म भएका कारण आफ्नो पार्टीले युवाहरुलाई राजनीतिमा अगाडि बढ्ने अवसर दिने बताउनुभयो । “आउनुहोस् युवा साथीहरु हामी युवाहरु गोलबद्ध भएर एकीकृत समाजवादीलाई शिखरमा पुर्‍याउँ'  विश्वकर्माको भनाई रहेको थियो । समाजवादीका बेनी नगरपालिका अध्यक्ष मुक्ति पाइजाले गाउँगाउँमा भ्रष्टचार र विकृतिहरु बढ्दै गएकाले अब त्यसलाई रोक्ने जिम्मा हामी युवाहरुको काँधमा आइपुगेका कारण निडर भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । भेलाले सुनिल दामलको अध्यक्षतामा ५१ सदस्यीय वाड कमिटी गठन गरेको छ । 

उपस्थित भेलालाई सम्बोधन गर्दै निर्वाचित वाड कमिटी अध्यक्ष दामलले पार्टीले दिएको जुनसुकै जिम्मेवारी आफूले निर्वाह गर्ने भन्दै सबैलाई समाजवादी पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । एकीकृत समाजवादी बेनी नगर अध्यक्ष मुक्ति पाइजाको अध्यक्षता, म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिवालय सदस्य प्रदिप खत्रीले गर्नुभएको थियो ।