सुनको मूल्य ९९ हजार २०० रुपैयाँ

सुनको मूल्य ९९ हजार २०० रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १५, २०७८

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।

सोमबार सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएकामा मंगलबार ९९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३७० रुपैयाँमा निर्धारण भएको छ ।